Winamp windows Media Player Real Player QuickTime

Daily Horoscope   (21-Feb-2017, Tueday)

मेष: चु, चे, चो, ला, ली, लो, अ
सुरुमा मनोरञ्जनपूर्ण जमघट, क्रियाकलाप आदिमा सहभागी भइएला । समय रमाइलो रहला । मित्रता र प्रेमको बन्धन कसिने बेला छ । मंगलबार र बुधबार भने अलि प्रतिकूल रहलान् । चोटपटक लाग्ने र अस्वस्थ भइने सम्भावना देखिन्छ । सानातिना समस्यामै अल्झिनुपर्ला । मन भएर पनि धार्मिक गतिविधिबाट वञ्चित हुनुपर्ला । बिहीबारपछि स्थितिमा सुधार आउनेछ । सामाजिक र सेवामूलक काम गरिनेछ । आम्दानी पनि प्रशस्तै बढ्नेछ । नोकरीमा विशेष लाभ र राजनीतिक प्रभाव बढ्ने देखिन्छ ।
वृष: इ, उ, ए, ओ, वा, वी, वु, वे, वो
अधुरा काम सम्पादन गर्न सकिनेछ । शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ । प्रतिस्पर्धी तथा शत्रुपक्ष विस्थापित होलान् । प्रशस्त धन लाभ हुनेछ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । बिहीबार र शुक्रबार भने झमेला, विवाद र चोटपटकको योग छ, सचेत रहनुहोस् । आर्थिक अभाव खट्कने देखिन्छ । तापनि, सप्ताहान्त बिस्तारै फलदायी र अनुकूल बन्दै जानेछ ।
मिथुन: का, कि, कु, घ, ङ, छ, के, को हा
सुरुमा अप्रिय समाचारले दुःखी तुल्याउला । स्वास्थ्य कमजोर बन्नेछ । पठनपाठनमा मन नलाग्ने समय छ । तापनि व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । शत्रुबाधा समाप्त होला । प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । प्रेम र मित्रताको गाँठो कसिनेछ । व्यवसायमूलक भ्रमण सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला । सप्ताहान्तमा भने अस्वस्थता, हानि र चोटपटकको योग छ, सचेत रहनुहोला ।
कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा आफन्तसँग असमझदारी बढ्नेछ । नजिकका व्यक्तिबाटै काममा धोका हुन सक्छ । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ । पेटको खराबीले अलि सताउला । महत्वाकांक्षी योजना सार्वजनिक गर्दा हानि हुने सम्भावना छ । मंगलबारदेखि व्यापार–व्यवसायमा फाइदा हुनेछ । पढाइलेखाइमा प्रगति होला । गुरुजनको साथ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । सप्ताहान्तमा रमाइलो यात्राको योग छ ।
सिंह: मा मि मु मे मो टा टी टु टे
) यो साता सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्मप्राप्तिको योग छ । मंगलबार र बुधबार भने अलि प्रतिकूल रहलान् । निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ । तापनि निराश नहुनुहोस्, बिहीबारदेखि रोकिएका काम बन्नेछन् । पढाइलेखाइमा राम्रै उन्नति हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । व्यवसायबाट प्रशस्त लाभ होला । अरूको मन जित्न सकिनेछ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।
कन्या: टो प पी पु ष ण ठ पे पो
सुरुमा बोलीको प्रभावले विवादमा परिने योग छ । मानसम्मानमा आघात पर्न सक्छ । मंगलबारदेखि स्थितिमा सुधार आउला । रोकिएका काम बन्नेछन् । व्यवसायबाट राम्रै फाइदा उठाउन सकिनेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । प्रतिस्पर्धीहरूले हार खालान् । बिहीबारपछि पुनः समय प्रतिकूल रहला । अरूको भरपर्दा हानि हुने र विश्वास गुम्ने सम्भावना छ, सचेत रहनुहोला । सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ । कामका चुनौतीहरू पनि हट्नेछन् ।
तुला: र, री, रु, रे, रो, ता, ती, तू, ते
कामको सफलताले प्रसन्नता मिल्नेछ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कामबाट विश्राम लिने मौका छ । विभिन्न उपहार समेत पाइएला । मंगलबार र बुधबार विवादमा परिने, आर्थिक अभावले सताउने र खर्च बढ्ने समस्या देखिन्छ । तापनि तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । सहयोगीहरूबाट साथ पाइनेछ । प्रेम र मित्रताको गाँठो कसिने बेला छ । सप्ताहान्तमा अन्याय र धोकामा परिने सम्भावना छ, सचेत रहनुहोला ।
वृश्चिक: तो ना नी नु ने नो या यि यु
सुरुको समय अलि कमजोर देखिन्छ । काममा बाधा र खर्च बढ्ने ग्रहयोग छ । स्थानान्तरण सम्भावना छ । यात्रामा अलि कष्ट होला । मंगलबारदेखि आफन्तजन भेटिएलान् । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होलान् । शरीरमा आरोग्य एवं स्पूmर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । आर्थिक पक्ष समुन्नत बन्नेछ । बुधबार र बिहीबार भने मानसम्मानमा आघात पर्ला । बोलीको प्रभावले विवाद बढ्ने र लेनदेनमा हानि हुने देखिन्छ । सप्ताहान्तमा सहयोगीहरू जुट्नेछन् । काममा उत्साह थपिनेछ ।
धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
समय रमाइलो रहला । सुरुमै राम्रो आम्दानी हातपर्ला । काममा उत्साह बढ्नेछ । व्यावसायिक काममा लाभ होला । श्रमको उचित मूल्यांकन हुनेछ । मंगलबार र बुधबार भने आकस्मिक खर्च बढ्नेछ । तापनि, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । दीर्घकालीन योजना बन्नेछन् । रोजगारी र यात्राका लागि समय अनुकूल रहला । आरोग्य एवं स्पूmर्ति बढ्नेछ । भेटघाटले प्रसन्नता मिल्नेछ । मनपर्ने वस्तु उपहार पाइएला । नयाँ काम गर्ने मौका आउला । सप्ताहान्तमा धन र मान हानिको योग छ, सचेत रहनुपर्ला ।
मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
रोकिएका कामहरू सम्पादन गर्ने समय आएको छ । मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला । रमाइलो भ्रमण सम्भावना छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आम्दानी बढ्नेछ । बिहीबार र शुक्रबार भने खर्च बढ्ने र काम रोकिने सम्भावना छ । तापनि, वैदेशिक क्षेत्र लाभदायक रहला । दीर्घकालीन योजना बन्नेछन् । सप्ताहान्तमा विशेष फाइदा होला । समय उत्साहवद्र्धक रहनेछ ।
कुंभ: गु, गे, गो, सा, सि, सु, से, सो, दा
सुरुमा केही अस्वस्थता र कमजोरी महसुस होला । अरूका लागि समय खर्चनुपर्ला । तापनि, नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलापमा मन जाला । राजनीति र नोकरीमा उन्नति होला । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जित्न सकिनेछ । विद्यामा प्रगति हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ । साताको अन्त्यमा खर्च बढ्नेछ । केही नोक्सानीको योग छ । यात्रा भने फलदायी हुनेछ ।
मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
सुरुमा कामको बोझ र जिम्मेवारी थपिएलान् । केही समस्या आउलान् । चोटपटक लाग्ने वा अस्वस्थताको योग छ । धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ । मंगलबारदेखि समय अनुकूल बन्नेछ । मान बढ्ने र सामाजिक प्रतिष्ठा मिल्ने समय छ । गरेका कामको प्रशंसा हुनेछ । कीर्ति राख्ने समय छ । रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । आयआर्जनमा सुधार आउनेछ । अरूको मन जित्न सफल भइनेछ । कर्मसिद्धिको समय छ ।
  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News