Winamp windows Media Player Real Player QuickTime

ग्रीसमा १५ हजार प्रशासनिक सेवाका दरबन्दीमा कटौती

१६ वैशाख
ग्रीस संसदले प्राशासनिक सेवाका १५ हजार दरबन्दी कटौती प्रस्ताव पारित गरेको छ । संसदले आगामी सन् २०१४ भित्र ती प्रशासनिक सेवाका दरबन्दी कटौती गर्ने भएको हो ।  संसदमा पेश गरिएको सरकारी सेवाका दरबन्दी घटाउने प्रस्तावको समर्थनमा १ सय ६८ मत मध्य १ सय २३ मत प्राप्त भएको थियो । यसैगरी सत्तारुढ गठबन्धनका तीन दलको पनि प्रस्तावको पक्षमा समर्थन थियो । संसद बाहिर भने १५ हजार कर्मचारीलाई बेरोजगार बनाउने प्रस्तावको बिपक्षमा नाराबाजी भएको बिबिसीले जनाएको छ । चरम आर्थिक मन्दीका कारण सरकारले प्रशासनिक सेवाबाट रोजगारीमा कटौती गरिएको अधिकारीहरुले बताएका छन् । अधिकारीका अनुसार आगामी जुन महिनासम्म २ हजार, डिसेम्बरसम्म अरु २ हजार र बाँकी ११ हजार दरबन्दी सन् २०१४ को डिसेम्वरसम्म कटौती गरिसक्ने तयारी गरिएको हो ।
 

Local News

Political News

International News

Sports News