Winamp windows Media Player Real Player QuickTime

सिविआईले नेताको आदेश लिनु पर्दैन

बैशाख १७
भारतको सर्बोच्च अदालतले गुप्तचर संस्था सिबिआईले कुनै नेता वा राजनितिक दलसग आदेश लिन नपर्ने बताएको छ । सर्बोच्चले केन्द्रीय जाँच ब्युरो सिबाआईलाई स्वतन्त्र बनाउनका लागी यसो गरिएको जनाएको छ । अदालतले भनेको छ, ””सिबिआईलाई राजनितिक दख्खलबाट मुक्त गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो ।”” कोईला घोटालाको शिलसिलामा सिबिआईका निर्देशक रञ्जित सिन्हालेले दायर गरेको रिटमा सर्बोच्चले सरकारको हस्तक्षेप माथि रोक लगाएको हो । अदालतले सिबिआईको रिपोर्टलाई सरकारसग जोड्न खोज्नु चिन्ताजनक भएको भन्दै त्यो सिबिआई माथिको बिश्वास तोड्ने खालको भएको बताएको छ । सर्बोच्चले सिबिआईको रिपोर्टलाई साझा बनाउने कुरा साधारण नभएको भन्दै उसलाई कुनै नेतासग निर्देशन लिनु नपर्ने आदेश दिएको हो । सर्बोच्चको यस्तो टिप्पणीले भारतिय जनता पार्टीका नेता बलबिर पुजंले सरकारबाट राजिनामा दिन माग गरेका छन । उता बिदेश मन्त्री सलमान खुर्सिदले भने अदालतको टिप्पणीबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
 

Local News

Political News

International News

Sports News