Winamp windows Media Player Real Player QuickTime

बंगलादेशमा आज देशव्यापी हड्ताल जारी

२५ वैशाख
बंगलादेशका विपक्षी पार्टीहरुले आज र भोलि दुई दिने देशव्यापी हड्ताल आह्वान गरेका छन् । आज विहान ६ बजेदेखि सुरु भएको राष्ट्रव्यापी हडताल साँझ ६ बजेमात्र सकिने बताइएको छ ।यसअघि आइतबार र सोमबार भएको विरोध प्रदर्शनमा भएको दमन र हत्याको विरोधमा राष्ट्रव्यापी हड्ताल आह्वान गरेको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बि.एन.पी.)का प्रवक्ता खन्दाकेर मोसर्रफले बताउनुभयो ।बंगलादेशको राजधानी ढाकामा इशनिन्दकलाई कडा कारबाही गर्ने कानूनी व्यवस्था लागु गर्न माग गर्दै इस्लामिक प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा ३८ जनाको मृत्यु भएको थियो । बंगलादेशमा धर्मको नाममा जनवरी यता भएका विरोध प्रदर्शनमा अहिलेसम्म एक सय ५० भन्दा बढीको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।
 

  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News