Winamp windows Media Player Real Player QuickTime

अफगानिस्तानमा महिला सुरक्षाकर्मीका लागि शौचालय छैन

२७ वैशाख
अफगानिस्तानमा महिला प्रहरीका लागि छुट्टै सौचालयको व्यवस्था गर्न मानव अधिकारवादी संस्था ह्यूमन राइट्स वाचले ध्यानाकर्षण गराएको छ ।छुट्टै सौचालय र कपडा फेर्ने कोठा नहुदा महिला प्रहरीलाई समस्या भएको ठहर गर्दै वाचले सरकारको ध्यानाकर्षण गराएको हो ।पुरुष प्रहरी र महिला प्रहरीले एउटै सौचालय प्रयोग गर्दा यौन दुब्र्यवहारका घटना हने गरेका वाचले जनाएको छ ।कतिपय सौचालयका ढोका सुरक्षित नहुदा महिला प्रहरीले थप समस्या झेल्नुपरेकाले उनीहरुका लागि छुट्टै सौचालय उपलब्ध गराउनुपर्नेमा संस्थाले जोड दिएको छ ।प्रान्तीय प्रहरी चौकीमा महिला प्रहरीका लागि छुट्टै सौचालय बनाउन काबुल प्रहरी प्रमुखले निर्देशन दिएका अन्र्तराष्ट्रीय सञ्चारमाध्यमले जनाएको छ ।तर यस अघिपनि छुट्टै शौचालयको व्यवस्था गर्ने बताइएपनि त्यो कार्यान्वयनमा आउन सकेको छैन् । अफगानस्तिानमा झण्डै १५ सय महिला प्रहरी छन् ।त्यहाँको गृह मन्त्रालयले आउदो वर्र्षसम्ममा महिला प्रहरीको संख्या बढाएर ५ हजारसम्म पु¥याउने लक्ष्य राखेको अन्तराष्ट्रीय सञ्चार माध्यमले जनाएका छन् ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News