Winamp windows Media Player Real Player QuickTime

युएईमा सरकार ढाल्ने योजना वनाएका ६४ लाई जेल सजाँय

१८ असार
संयुक्त अरब इमिरेट्स युएईमा सरकार ढाल्न योजना बनाएको भन्दै ६४ जनालाई जेल सजायँ सुनाएको छ ।सत्ता हातमा लिन खोजेको अभियोगमा ९४ जनामाथि मुद्या लगाइएकोमा ६४ जनालाई जेल सजायँ दिइएको स्थानीय टेलिभिजनलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।उनीहरुमाथि युएईको राज्य व्यवस्थाका सिद्धान्त विपरित र शक्ती हत्याउने नियतले संस्था खोलेको आरोप लगाइएको छ । उनीहरुलाई ७ देखि १० वर्र्षसम्मको जेल सजायँ सुनाइएको छ । यस्तै देशबाहिर रहेका ८ जनालाई भने १५ वर्र्षको जेल सजायँ सुनाइएको छ ।तर मानवअधिकारवादी समूहले भने यस विषयमा पर्याप्त अनुसन्धान तथा खोजी गर्न असफल भन्दै यस निर्णयको कडा आलोचना गरेका छन् ।  
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News