Winamp windows Media Player Real Player QuickTime

सेनाको अल्टिमेटम अस्वीकार

१८ असार
ईजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीले सेनाले दिएको ४८ घण्टाको अल्टिमेटमलाई अस्वीकार गरेका छन । सेनाले राजिनामा दिनको लागी दिएको अल्टिमेटमलाई मोर्सीले यसले थप अन्यौल उत्पन्न गराउने भन्दै अस्वीकार गरेका हुन । मोसीले आज बिहान बक्तत्व जारी गर्दै नयाँ राष्ट्रीय सहमतिको लागी आफुले शासन अगाडी बढाउने बताएका छन ।  सरकारले जनताको ईच्छा पुरा गर्न नसकेको खण्डमा त्यहाँको सेनाले भने हस्तक्षेप गर्ने चुनौति दिएको छ ।यद्यपि सेनाले सत्ता कब्जा भने नगर्ने बताएको अन्र्तराष्ट्रीय सञ्चार माध्यमले जनाएका छन । यसैबिच ईजिप्टको सरकारी समाचार संस्ता मेनाका अनुसार बिदेश मन्त्रि मोहम्मद कामेल अम्रले राजिनामा दिएका छन । यस अघि ईजिप्टमा राजनितिक संकट आएपछि पाँच जना मन्त्रिले राजिनामा दिईसकेका छन ।आईतबार ईजिप्टमा लाखौको संख्यामा रहेका प्रदर्शनकारीले मोर्सीका बिरुद्ध प्रदर्शन गरेका थिए भने सोमबार मोर्सीको पार्टी मुस्लिम ब्रदरहुडको मुख्यालय अगाडी भएको प्रदर्शनमा ८ जनाले ज्यान गुमाएका थिए ।मोर्सी माथि देश भन्दा आफ्नो पार्टीको ईच्छा र आकंक्षालाई बढि महत्व दिएको जनता र बिपक्षीले आरोप लगाएका छन ।सन् २०११ मा भएको क्रान्तिमा होस्नी मुबारक पदबाट अपदस्त भएपछि मोहम्मद मोर्सी ईजिप्टमा ३० जुन २०१२ मा भएको राष्ट्रपतिय चुनाबमा बिजयी हुदै राष्ट्रपति चयन भएका थिए ।
 

Local News

Political News

International News

Sports News