Winamp windows Media Player Real Player QuickTime

धर्म परिवर्तन गर्ने र गराउनेलाई कडा कानुनी कारबाही

२७ असार
भारतको मध्यप्रदेश सरकारले धर्मपरिवर्तन गर्ने र गराउनेलाई कडा कानुनी कारबाहीको व्यवस्था सहितको कानुनको विधेयक पारित गरेको छ । मध्यप्रदेश विधानसभाबाट पारित संसोधित विधेयक अनुसार जबर्जस्ती धर्म परिवर्तनका लागि जरिवाना रकम १० गुणासम्म र जेल सजाय एक वर्ष  बाट बढाएर चार वर्ष  पु¥याइएको छ ।यसबाहेक धर्म परिवर्तन गराउनुभन्दा अगाडी जिल्ला न्यायाधीशको अनुमति लिनु पनि अनिवार्य गरिएको छ ।प्रलोभनमा या जर्बजस्ती धर्म परिवर्तन गराउनेलाई तीन वर्षको जेल सजायँ र पचास लाख रुपैयाँ जरिवाना तथा महिला, अनुसूचित जाति, जनजातिको हकमा जेल सजायको अवधि ४ वर्ष र जरिवाना एक लाख रुपैयाँ तोकिएको छ ।यस्तै जिल्ला न्यायालयबाट लिखित अनुमति नलिइ धर्म परिवर्तन गर्न या गराउन चाहनेलाई एक वर्ष जेल र एक हजार रुपैयाँ जरिवाना गरिने प्रावधान राखिएको छ ।मध्य प्रदेश सरकारले सन् २००६ मा पनि धर्मपरिवर्तन विरोधी विधेयकमा संसोधन गरेपनि राष्ट्रपतिको स्वीकृति नपाएपछि त्यत्तिकै थन्किएको थियो ।इसाई समुदायले व्यक्तीको धार्मिक स्वतन्त्रता हनन गर्न खोजेको र अल्पसंख्य समुदायमाथि दमन गर्न खोजिएको भन्दै कानूनमा गर्न लागिएको संसोधनको विरोध गरेको छ ।

  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News