Winamp windows Media Player Real Player QuickTime

बेलतगी गिरफतार

भदौ १४
इजिप्टमा अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सी  समर्थक मुस्लिम ब्रदुहरड पार्टीका वरिष्ठ नेता मोहम्मद अल बेलतगीलाई गिरप्mतार गरिएको छ ।उनलाई हिंसा भड्काएको आरोप लगाइएको छ । बेलतगी ब्रदरहुडको राजनीतिक इकाइ फ्रिडम एण्ड जस्टिस पार्टीका महासचिव हुन् । इजिप्टको सरकारी समाचार एजेन्सी मिनाका अनुसार बेलतगीलाई काहिराको तोरा जेलमा राखीने छ । उनलाई त्यहाँको अदालतले गत १०  जुलाईमानै गिरप्mतार गर्न आदेश दिएको थियो । त्यस्तै पूर्व श्रममन्त्री खालिद अल अजाहिरीसमेत पक्राउ परेको बताइएको छ । ब्रदरहुडका  सदस्यहरुलाई हिंसा भड्काएको आरोप लाग्दै आएको छ ।यसैबीच, मुर्सी  समर्थकहरुले आज फेरि प्रदर्शन गर्ने बताएका छन् । यता त्यहाँको गृह मन्त्रालयले भने सार्वजनिक स्थलमा प्रदर्शन गरे सुरक्षाकर्मीलाई प्रदशनकारीविरुद्ध गोली हान्ने अधिकार दिएको छ ।
 

  • Program on air
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM
  • Next Program
  • Program Name: नेपाली आधुनिक
  • Program Host:
  • Time duration: 08:10 AM-08:30 AM

Local News

Political News

International News

Sports News