Winamp windows Media Player Real Player QuickTime

दिल्लीमा सामुहिक वलात्कारमा सलग्नलाई फाँसी

भदौ २८
भारतको राजधानी नयाँ दिल्लीमा एक वर्र्षअघि भएको सामुहिक बलात्कारमा संलग्न चार जनालाई अदालतले फाँसीको सजाय सुनाएको छ । नयाँ दिल्लीको दिल्ली उच्च न्यायालयको फास्ट ट्रयाक कोर्टले बलात्कारमा दोषी ठहर भएका मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई फाँसीको सजाय सुनाएको हो ।अदालतले गत मंगलबार उनीहरुलाई बलात्कार र हत्यामा दोषी ठहर गरेको थियो । डिसेम्बर १६ मा दिल्लीमा बस भित्रै सामुहिक बलात्कारमा परेकी छात्राको उपचारका क्रममा सिंगापुरमा निधन भएको थियो । घटनापछि बसका चालक राम सिंह र उनका तीनजना साथीलाई गिरफ्तार गरिएको थियो । बसका चालक राम सिंहको गएको मार्च ११ मा तिहाड जेलमा शव फेला परेको थियो ।
 

  • Program on air
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 01:00 PM-01:10 PM
  • Next Program
  • Program Name: Arpan Ko Chautari
  • Program Host: Dipendra / Rajan
  • Time duration: 01:10 PM-02:00 PM

Local News

Political News

International News

Sports News