Winamp windows Media Player Real Player QuickTime

चीनमा पं्रदुषण वढ्यो

कात्तिक ५
चीनमा वायु प्रदुषणको मात्रा झन बढेको छ । वायु प्रदुर्षणको मात्रा प्रतिदिन बढ्दै गएकोले अधिकारीहरुलाई थप चिन्तित बनाएको छ । बाक्लो हुस्सु र तुवाँलोले चिनियाँ सहरलाई छपक्कै छोपेको र यसका कारण कतिपय बृद्धबृद्धाहरुले सास फेर्नसमेत अप्ठेरो महसुश गरिरहेको पाइएको पनि वताईएको छ । चिनियाँ उत्तरी सहर हार्विनमा वायु प्रदुषणको मात्रा विगतका महिनाहरुको तुलनामा यतिखेर निकै बढेको पाइएको बताइएको छ । यसका कारण उक्त शहरका विद्यालयहरु बन्द हुनुको साथै कममात्र दृश्यका कारण हवाई सेवा पनि प्रभावित भएको छ ।यसले सडक यातायातसमेत सञ्चालनका लागि समस्या उत्पन्न भइरहेको पनि समाचारमा जनाइएको छ । आज पनि उक्त सहरका हजारौ विद्यायल बन्द गरिएका छन् भने विमानस्थलमा हवाई उड्डयनको काम हुन सकेको छैन । सो सहरमा विगतका वर्षहरुदेखि नै यस्तो समस्या देखिने गरेको थियो । तर पछिल्ला केही महिनामा आएर भने सो समस्याले उग्र रुप लिएको छ ।


  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News