Winamp windows Media Player Real Player QuickTime

भेनेजुएलाका राष्ट्रपतिको अन्तेष्ठी

२६ फागुन
भेनेजुयलाका राष्ट्रपति ह्युगो चावेजको राजकिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । भेनेजुयलाको राजधानी काराकासमा भएको अन्त्येष्टि कार्यक्रममा विश्वभरका करिब ३० भन्दा बढी राष्ट्रका प्रमुख नेताहरुको सहभागीता रहेको थियो । ल्याटिन अमेरिका र क्यारेवियन राष्ट्रका राष्ट्रप्रमुखहरुले चावेजलाई काराकास नै पुगेर श्रद्धाञ्जली दिएका हुन । क्युवा , चिली , इक्वेडर , ब्राजिल , इरान लगायतका देशका प्रमुखहरु , चावेजको अन्त्येष्ठि समारोहमा उपस्थित रहेका थिए । १४ वर्ष  सम्म भेनेजुयलाको नेतृत्व गर्नु भएका ५८ वर्षिय चावेजको गत मंगलबार निधन भएको थियो । चावेजले पछिल्लो निर्वाचन जिते पनि राष्ट्रपति पदको सपथ लिन नपाइ मृत्युको मुखमा पर्नू भएको हो । राष्ट्रपतिको निधनसगै भेनेजुयलाका उपराष्ट्रपतिले आगामी ३० दिन भित्रमा निर्वाचन गराउनु पर्ने छ ।


  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News