Winamp windows Media Player Real Player QuickTime

सिरियामा युद्ध सुरु भएको दुई वर्ष पुरा

२ चैत
सिरियामा राष्ट्रपति बसर अल असद विरुद्ध आन्दोलन शुरु भएको आज दुईवर्ष पूरा भएको छ ।सन् २०११ को मार्च १५ तारिखमा सिरियामा देशव्यापी आन्दोलन शुरु भएको थियो र पहिलो पल्ट दक्षिणी शहर डार्रामा प्रदर्शनकारी पक्राउ परेका थिए ।आन्दोलनको दुई वर्ष पूरा हुदासम्म ७० हजार भन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने १० लाख भन्दा बढी मानिस देश छाड्न बाध्य भएका छन् । विद्रोहीले अहिले देशको धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिईसकेका छन् ।यसैबीच फ्रान्स र बेलायतले सिरियाका विद्रोहीलाई संघर्र्षमा सघाउने उदेश्यले हतियार खरिद सम्बन्धि प्रतिबन्ध हटाउन युरोपेली युनियनका सदस्यलाई दबाब दिने तयारी गरेका छन् । बिहीबारदेखि शुरु युरोपेली युनियनको सम्मेलनमा फ्रान्सका राष्ट्रपति फ्रान्स्वा होल्याण्ड र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आज हतियार प्रतिबन्धको मुद्या उठाउने अपेक्षा गरिएको छ । फ्रान्सेली राष्ट्रपति होल्याण्डले पेरिस सिरियाका विद्रोहीलाई सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले आफूहरु युद्धको पक्षमा नरहेपनि सिरियाली नेतृत्वलाई थप नरसंहार गर्न छुट दिन नसकिने प्रतिक्रिया दिनुभएको छ ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News