Winamp windows Media Player Real Player QuickTime

चीनको प्रधानमन्त्रीमा लि

२ चैत
चीनको नयाँ प्रधानमन्त्रीमा लि केकियाङ चयन हुनुभएको छ । चिनियाँ पिपुल्स कंग्रेसले लि लाई नयाँ प्रधानमन्त्रीका रुपमा चयन गरेको हो । चिनियाँ कम्यूनिष्ट पार्टीका दोश्रो नम्बरका नेता लि ले वर्तमान प्रधानमन्त्री बेन जियाबाओलाई प्रतिस्थापन गर्नुहुनेछ ।सन् १९५५ मा जन्मिएका लि चिनियाँ कम्यूनिष्ट पार्टी केन्द्रीय कमिटीको पोलिटिकल ब्यूरोको स्थायी समितिका सदस्य हुनुहुन्छ । यसअघि चिनियाँ कंग्रेसले बिहीबार सि जिनपिङलाई राष्ट्रपतिका रुपमा चयन गरेको थियो । उपप्रधानमन्त्री र राज्य परिषदका सदस्यहरुको चयन गरेर चिनियाँ कंग्रेस आइतबार सकिनेछ ।
 

Local News

Political News

International News

Sports News