Winamp windows Media Player Real Player QuickTime

पश्चिम भारतमा दुर्घटना

६ चैत
भारत महाराष्ट्रको रत्नागिरीमा आज बिहान बस दुर्घटना हुदा ३७ जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । गोवाबाट मुम्बईका लागि छुटेको बस रत्नागिरीमा पुलको रेलिङग भत्काउदै नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।बिहान ४ बजे बस दुर्घटना भएकाले तत्काल उद्धार हुन नसक्दा पनि धेरैजनाको घटनास्थलमै ज्यान गएको थियो । बस उल्टो परेर खसेकाले यात्रुहरुको टाउकोमा चोट लागेको र धेरैजसोको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । अगाडिको गाडीलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आएको अर्को गाडीलाई जोगाउने क्रममा पुलबाट बस खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।


Local News

Political News

International News

Sports News