Winamp windows Media Player Real Player QuickTime

सैनिक भारत पठाउन इटाली सहमत

९ चैत
भारतीय माझीको हत्या आरोप लागेका आफ्ना दुई जना सैनिकलाई भारत पठाउन इटली सरकार सहमत भएको छ । ती दुई सैनिकको मानवअधिकार रक्षा र उनीहरु प्रति गलत व्यवहार नगरिने आश्वासन पाएकाले उनीहरुलाई भारत पठाउन तयार रहेको इटलीको विदेश मन्त्रालयले जनाएको छ ।दुवै जना सैनिक सरकारको निर्णयप्रति सहमत भएको र उनीहरु स्वयं नै भारत फर्किन तयार रहेको मन्त्रालयले दावी गरेको छ । इटलीका राष्ट्रपति जर्जियो नापोलितानोले आफ्ना सैनिकको जिम्मेवारीको भावनाको सराहना गर्दै देश सदैव उनीहरुको साथमा रहेको प्रतिक्रिया दिनुभएको छ ।इटली सरकारले १० दिनअघि आफ्ना सैनिकलाई भारत नर्फकाउने र समस्या कुटनीतिक तवरले समाधान गर्ने बताएपछि दुई देशबीच तनाव बढेको थियो । लगत्तै भारतले इटलीका राजदूतलाई देश छोड्न रोक लगाएपछि इटलीमाथि दबाब बढेको हो ।इटली सरकारको निर्णयको भारतले स्वागत गरेको छ । आम चुनावका लागि स्वदेश फर्किएका इटलीका सैनिकले यसअघि जनाएको लिखित प्रतिबद्धता अनुसार आज भारत फर्किने अन्तिम दिन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Local News

Political News

International News

Sports News