Winamp windows Media Player Real Player QuickTime

नाईटक्लवमा आगलागीमा सलग्नलाई आपराधीक मुद्या चलाउने

१० चैत
ब्राजिलमा गएको जनवरीमा नाईटक्लबमा भएको आगलागीको घटनामा जिम्मेवार ठहर गरी १६ जनामाथि आपराधीक मुद्या चलाईने भएको छ । नाईटक्लबमा सांगीतिक प्रस्तुति दिईरहेका गायक, सांगीतिक ब्यान्डका निर्माता, क्लबका मालिक र आतिशबाजीको व्यवस्थापन हेर्ने अधिकारीलाई लापरवाहीका कारण हत्याको अभियोगमा मुद्धा चलाईने भएको छ । प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीले मुद्या चलाउने निर्णय गरेको हो । ब्राजिलको दक्षिणी शहर सान्ता मारियामा गएको जनवरीमा नाईटक्लबमा आगलागी हुदा २ सय ४० जनाको ज्यान गएको थियो । सांगीतिक प्रस्तुति अघि गायकले छानो नजिकै पुग्ने गरी आतिशबाजी गरेका कारण आगलागी भएको प्रहरीको ठहर छ । नाईटक्लबबाट बाहिरिने ढोका एउटा मात्रै भएको, सुरक्षागार्डले आगलागीपछि पनि सहभागीलाई बाहिर निस्कन नदिएको र क्षमता भन्दा बढी मानिस कार्यक्रममा सहभागी गराएको पाईएको प्रहरीले जनाएको छ । पूर्व निर्धारित कार्यक्रमपनि अव्यवस्थित भएकाले ठूलो नोक्सानी भएको हुदा सम्बन्धित व्यक्तिलाई आपराधीक मुद्या चलाउन लागिएको स्थानिय अधिकारीहरुको भनाई छ ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News