Winamp windows Media Player Real Player QuickTime

पाकिस्तानका पूर्व शासक मुसर्रफ स्वदेश फिर्ता

चैत्र ११
वेनिजिर भुट्टो हत्यामा मुछिएका र तालिवानी आतंकवादीको चेतावनीका वावजुद पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफ आज स्वदेश फर्कनु भएको छ । कराची विमानस्थलमा मुसरफ उत्रने वित्तीकै मुसरफका समर्थकहरुले स्वागत गरेका छन । मुसरफको स्वदेश फिर्तीलाई मध्यनजर गर्दै कराचीको सुरक्षा व्यवस्था कडा पारिएको छ । मुसरफलाई पाकिस्तानी सरकारले भुट्टोको हत्यामा संलग्न रहेको आरोप लगाएको छ भने तालिवानीले हत्या गर्ने चेतावनी दिएका छन् । मुसर्रफ विगत ४ वर्षदेखि बेलायत र दुबईमा स्वेच्छिक निर्वासनमा रहदै आउनु भएको छ । पाकिस्तान भित्रीदा सरकारी गिरफ्तारीमा पर्न सक्ने खतरा रहेको छ भने तालिवानीले मुर्सरफको हत्याका लागि एउटा दस्ता नै तयार गरिसकेको जनाएको छ । मुसर्रफले गत वर्ष नै पाकिस्तान फर्कने घोषणा गर्नु भएको थियो । आगामी मे ११ मा पाकिस्तानमा संसदीय चुनाव हुदैछ । चुनावमा भाग लिन मुसरफ स्वदेश फर्कन लागेको बताइएको छ । हिजो दुवईमा पत्रकार सम्मेलन गर्दै मुसरफले अज्ञात डरकै भरमा आफ्नो यात्रा नरोकिने बताउनु भएको थियो । उहाँले दुवईबाट पत्रकार सम्मेलन गरेलगतै यता पाकिस्तानी तालिवानले चेतावनी दिदै भिडियो सार्वजनिक गरेका थिए् । मुसरफले सन १९९९ देखि करिब ९ वर्ष पाकिस्तानको सत्ता सम्हाल्नु भएको थियो । यसैबीच
पाकिस्तानको उतरी वजिरिस्तानको आदीबासी इलाकाको जाँच चौकीमा भएको
आत्मघाती विष्फोटमा १७ सैनिकको मृत्यु भएको छ । गए राति एक पानी ट्याङकरमा आक्रमणको योजना बनाइएको आत्मघाती बम पाकिस्तानी जाच चौकीमा विस्फोट गराइदा १७ सैनिकको मृत्यु भएको हो । घटनामा अन्य १० सैनिक घाइते भएका छन । पाकिस्तानमा पूर्व सैनिक शासक परवेज मुसर्रफ पाकिस्तान फर्किनु केही घण्टा अगाडी सो आक्रमण भएको बिबिसीले जनाएको छ ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News