Winamp windows Media Player Real Player QuickTime

अफगानि राष्टपति कतारमा

१८ चैत
अफगानिस्तानका राष्ट्रपति हामीद कारजाई दुई दिने भ्रमणका लागि कतार पुग्नुभएको छ । भ्रमणका क्रममा कतारका अमिर शेख हमाद बिन खलिफा अल थानीसंग द्धिपिय सहयोग र अफगानिस्तानको शान्तिवार्ताको विषयमा छलफल हुने कारजाईको कार्यालयले जनाएको छ ।यस्तै, कारजाइले अफगानसंगको शान्तिवार्ताका लागि तालिबानले कतारमा राजनीतिक कार्यालय खोल्ने विषयमा पनि छलफल गर्ने अपेक्षा गरिएको छ । कतारमा कार्यालय स्थापना गर्नु अफगान सरकार र तालिबानबीचको शानित वार्तालाई औपचारिकता दिनका लागि एउटा महत्वपूर्ण कदम हुनसक्ने अपेक्षा गरिएको छ ।तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने कतारमा कार्यालय खोल्ने विषय तालिबान र कतार सरकारबीचको विषय भन्दै यसमा कारजाइको कुनै सम्बन्ध नहुने प्रतिक्रिया दिएका छन् । आफ्ना प्रतिनिधि कतारमै रहेपनि कारजाईसंग भेट भने नगर्ने उनले स्पष्ट पारेका छन् ।तालिबानसंगको शान्ति वार्ताका लागि कारजाइले पछिल्लो पल्ट प्रयास तिब्र पार्नुभएको छ । तर तालिबानले भने सरकार संग वार्ता गर्न सकारात्मक रहेको बताएपनि कारजाइसंग वार्ता गर्न भने अस्वीकार गर्दै आएको छ । कारजाइ अमेरिकाको कठपुतली भएको उसको टिप्पणी छ ।
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News