Winamp windows Media Player Real Player QuickTime

हतियारको व्यापार नियन्त्रण गर्ने ऐतिहासिक सन्धी बहुमतले पारित

२१ चैत
हतियारको व्यापार नियन्त्रण गर्ने ऐतिहासिक सन्धी बहुमतले पारित भएको छ ।  संयुक्त राष्ट्रसंघको महासभामा भएको मतदानमा सन्धीको पक्षमा १ सय ५४ देशले मत दिएका थिए भने तीन देशले यसको विरोध गरेका थिए ।सन्धी पूर्ण नभएको भन्दै भारत, पाकिस्तान लगायत २३ देश मतदानमा अनुपस्थित रहेका थिए । यसै हप्ता अमेरिकाको न्यूयोर्कमा भएको विश्व सम्मेलनमा सन्धीमा सहमति जुटाउन असफल भएपछि स्वीकृतिका लागि राष्ट्रसंघ महासभामा प्रस्तुत गरिएको थियो ।सन्धी अनुसार सदस्य देशले नरसंहार, मानवताविरुद्धको अपराध, या आतंकवादमा संलग्न देशलाई हतियार बेच्न पाउने छैनन् । यस्तै सदस्य देशहरुले आफ्ना हतियार कालोबजारी नभएको सुनिश्चित गर्नुका साथै हतियार खरिदबिक्रीको विवरण हरेक वर्र्ष सार्वजनिक गर्नुपर्नेछ ।सन्धीमा यसलाई लागू गराउनका लागि कुनै कानूनी तरिकाको बारेमा उल्लेख गरिएको छैन, तर समर्थकहरुले भने सन्धीको आधारमा हतियारको खरिदबिक्री प्रक्रिया पारदर्शी बनाउन मद्यत पुग्ने दावी गरेका छन् ।मतदानमा अनुपस्थित चीन, रसिया लगायत हतियारका सबैभन्दा ठूला निर्यातकर्ताले आयातकर्ता देशलाई जस्तो सुकै हतियार पनि आयात गर्न सन्धिले छुट दिएको, तर निर्यातकर्तालाई मात्र दबाबमा राख्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News