Winamp windows Media Player Real Player QuickTime

सर्विया र कोसोवोको वार्ता मिलेन

चैत २१
युरोपेली युनियन ईयुको मध्यस्थतामा भइरहेको सर्बिया र कोसोभोवीचको वार्ता विना निष्कर्ष सकिएको छ । सम्बन्ध सुधारका लागि सर्बियाली प्रधानमन्त्री इभिका डासिस र कोसोभोका प्रधानमन्त्री हासिम थाकीबीच भएको वार्तामा दुवै पक्षले हडान नछाडेपछि टुंगोमा पुग्न नसकेको हो ।सर्बियाली मूलका नागरिकको वसोवास धेरै रहेको उत्तर कोसोभोसंग सम्बन्धित समस्या समाधानका लागि युरोपेली युनियनका अधिकारीको मध्यथतामा बेल्जियमको ब्रसेल्समा वार्ता भएको थियो । कोसोभोका प्रधानमन्त्री थाकीले सर्बियाली जनजाति लगायत सबै नागरिकलाई कोसोभोको जीवनशैलीमा एकत्रित गर्ने प्रस्ताव आफूले राख्दा सर्वियाले खुलेर कुरा नगरेको बताउनुभएको छ ।वार्ताको मध्यस्थता गरेका युरोपेली आयोगका विदेश मामिला प्रमुख क्याथरिन एष्टनले दुई देशबीचको दूरी साँघुरो तर निकै गहिरो रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले दुवै देशले आन्तरिक छलफल पछि वार्ताबारे निर्णय दिने जानकारी दिनुभयो ।कोसोभोले सन् २००८ मा एकतर्फी रुपमा स्वतन्त्र भएको घोषणा गरेपछि धेरै राष्ट्रले यसलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपनि सविर्याले भने अस्वीकार गर्दै आएको छ । कोसोभोको बहुसंख्यक आदिवासी अल्बानियन र सबिर्याली आदीवासीबीच पछिल्लो केही वर्र्षयता लगातार हिंसात्मक झडप हुदै आएको छ । उत्तरी कोसोभोमा बस्दै आएका सर्बियालीले  कोसोभोको सरकारको आधिकारीकता अस्वीकार गर्दै आएका छन् ।
 

  • Program on air
  • Program Name: अर्पणमा व्यवसायी
  • Program Host:
  • Time duration: 5:30 PM-06:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM

Local News

Political News

International News

Sports News