Winamp windows Media Player Real Player QuickTime

गणराज्यमा ३७ हजार विस्थापित

२४ चैत
मध्य अफ्रिकी गणराज्यमा उत्पन्न अस्थिरताका कारण ३७ हजार भन्दा बढी नागरिकले देश छोडेका छन् । शरणार्थी सम्बन्धि राष्ट्रसंघीय निकाय यु एन एच सी आरका पछिल्लो दुई हप्तामा लगातार देश छोडेर चाड, क्यामरुन र कंगो प्रवेश गर्नेको संख्या बढेको छ ।विस्थापित हुनेहरु सबैभन्दा धेरै राजधानी बानगुईका रहेका छन् । गएको डिसेम्बरदेखि मध्य अफ्रिकी गणराज्यमा द्धन्द्ध चर्किएता उत्तरी कंगोमा सबैभन्दा धेरै ३० हजार ८ सय जनाले शरण लिएका छन् । यस्तै १ लाख ७३ हजार जना आन्तरिक रुपमा विस्थापित भएका छन् ।संघर्ष चर्कियसंगै विद्रोहीले राजधानी कब्जा गरेपछि राष्ट्रपति फ्रान्सिस बोजिजीले पनि भागेर क्यामरुनमा शरण लिनुभएको छ । यु एन एच सी आरले द्धन्दका कारण धेरैजसोले हतारमा देश छोडेकाले अत्यावश्यक सामान पनि आफूसंग लैजान नपाउदा समस्यामा परेको जनाएको छ । यस्तै शरण लिएको क्षेत्र पनि अति गरिब रहेकाले आधारभूत आवश्यकताका सामान र उपचार सेवा पाउन नसकेको संस्थाको भनाई छ । संस्थाले सम्बन्धित सरकारसंग समन्वय गरी शरणार्थीको लगत लिने, राहत वितरण गर्ने र आपतकालीन आश्रयस्थल निर्माण गर्ने काम भइरहेको जनाएको छ ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News