Winamp windows Media Player Real Player QuickTime

मृत्युदण्ड अन्त्य हुदैछ एम्नेष्टी

२८ चैत
अधिकारवादी संगठन एमनेष्टी इन्टरनेशनलले विश्वबाट मृत्युदण्ड अन्त्य हुन लागेको बताएको छ । अघिल्लो वर्र्ष केही देशहरुमा मृत्युदण्डको अवस्था निराशाजनक रहेपनि यो विस्तारै घट्दै गएको एमनेष्टीले जनाएको छ । संगठनका महासचिव सलिल शेट्टीले पछिल्लो तथ्याङक हेर्दा मृत्युदण्ड अब अतितको कुरा हुन लागेको प्रतिक्रिया दिनुभएको छ । विश्वभर फाँसी लगायत मृत्युदण्डका घटनाको समीक्षा गर्दै सार्वजनिक गरिएको प्रतिवेदन अनुसार सन् २०१२ मा विश्वका २१ देशमा मृत्युदण्डको सजाय दिइएको छ ।सुधारका बाबजुद भारत, जापान, पाकिस्तान र गाम्बियामा मृत्युदण्डका घटना हुनु निराशाजनक रहेको संगठनले उल्लेख गरेको छ । फाँसी लगायत तरिकाबाट मृत्युदण्ड दिनेमा सबैभन्दा अगाडि चीन, इरान, इराक, साउदी अरेबिया र अमेरिका छन् ।एक वर्र्षको अवधिमा इराकमा मृत्युदण्ड झण्डै दोब्बरले बढेको छ । एमनेष्टीले चीनमा हुने मृत्युदण्डको संख्या विश्वका अरु देशको कुल संख्या भन्दा निकै धेरै रहेको बताएपनि तथ्याङकमा पहुच पुग्न नसक्दा यकिन संख्या बाहिर ल्याउन नसकिएको जनाएको छ । मृत्युदण्डका लागि झुण्ड्याउने, टाउको काट्ने, गोली हान्ने र घातक इन्जेक्सन दिने तरिका अबलम्बन गरिएको पाइएको छ । अहिंसात्मक घटना, लागूपदार्थ सम्बन्धि, आर्थिक अनियमितता, धर्म परिवर्तन, निन्दा, व्यभिचार जस्ता ठूलो अपराध नमानिने घटनाहरुमा पनि मृत्युदण्ड दिने गरिएको छ ।  

 
  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News