Winamp windows Media Player Real Player QuickTime

मलेसियामा आउँदो मे ५ मा आम निर्वाचन हुने

२८ चैत
मलेसियामा आगामी मे ५ मा आम निर्वाचन हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उमेद्वारहरुले चुनावि अभियान भने २० अप्रिलवाट सञ्चालन गर्न पाउने आयोगले जनाएको छ । गत अप्रिल ३ तारिकका दिन मलेसियाका प्रधानमन्त्री नाजिव रजाकले आगामी राष्ट्रिय निर्वाचनको लागि भन्दै संसद विघटन गरेका थिए । प्रधानमन्त्री रजाकले मलेसियाका राजाको स्वीकृतीमा संसद विघटनको घोषणा गरेका हुन् । सत्तामाम रहोको नेशनल फ्रन्ट ५६ वर्ष सम्म शक्तिमा रहेको थियो । पार्टीले अफ्नो ५६ वर्षको अवधिमा सन् २००८ मा मात्र बहुमत प्राप्त गर्न असफल भएको थियो । नयाँ पार्टी शक्तिमा आउने अड्कलहरु भइरहेको समयमा यो निर्वाचनलाई महत्वका साथ हेरीएको छ ।  मलेसियामा २ सय २२ संसद सिटको लागि निर्वाचन हँुदैछ ।
 

Local News

Political News

International News

Sports News