Winamp windows Media Player Real Player QuickTime

विद्युत चोर्ने ३२ पक्राउ

११ बैशाख
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखाले आज विद्युत चोर्ने ३२ जनालाई पक्राउ गरी कारवाही गरेको छ  । प्राधिकरणका सुपरभाईजर पुरुषोतम वस्यालको नेतृत्वमा गएको टोलीले पुर्वी चितवनका विभिन्न स्थानबाट ११ महिलासहित २२ पु्रुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुटपानी गाविसबाट १४ जना,पदमपुरबाट १२ र रत्ननगर नगरपालिकाबाट ६ जनालाई पक्राउ गरेको प्राधिकरणका फोर मेन विष्णु नेपालले जानकारी दिनु भयो । साथै विद्युत चुहावट नियन्त्रण टोलीले ३ वटा पानी तान्ने मोटर पनि बरामद गरेको नेपालले वताउनु भयो । विहान ५ वजेनै खटिएको टोलीमा १५ जना प्रहरी र ३० जना प्राधिकरणका कर्मचारी सहभागी थिए । साथै प्राधिकरण वितरण केन्द्रले समयमानै महसुल नवुझाउने ग्राहकहरुको लाईन काट्ने अभियानलाई पनि तीव्र पारेको जनाएको छ ।
 

  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News