Winamp windows Media Player Real Player QuickTime

नेबिसंघको २४ औ अधिबेशनका लागी ७ बटा उपसमिती गठन

११ बैशाख
नेपाल बिधार्थी संघ जिल्ला कार्यसमितीको आज बसेको बैठकले २४ औ जिल्ला अधिबेशन सम्पन्न गर्न आज बिभिन्न ७ बटा उपसमिती गठन गरेको छ । जिल्ला अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा बसेको बैठकले दिपक दवाडीको संयोजकत्बमा प्रचार प्रसारर खाना ब्यबस्थापन उपसमिती, प्रकाश अधिकारीको संयोजकत्बमा आर्थिक ब्यबस्थापन उपसमिती, चण्डी प्रसाद अधिकारीको संयोजकत्बमा मञ्च ब्यबस्थापन उपसमिती, एक्स कुमार चौधरीको संयोजकत्बमा स्वंयसेबक परीचालन उपसमिती, नारायण सुबेदीको संयोजकत्बमा आबास रयातायात ब्यबस्थापन उपसमिति, सरीता गिरीको संयोजकत्बमा अतिथि सत्कार उपसमिति गठन गरेको छ । लोकतान्त्रिक संबिधान र स्वबियू निर्बाचनको सम्मान, ब्यबाहारीक गुणस्तरीय र बैज्ञानिक शिक्षा नेबिसंघको आब्हान भन्ने नाराका साथ बैशाख १३ गते हुन गैरहेको नेबिसंघ चितवनको २४ औ जिल्ला अधिबेशनको उद्घाटन नेपाली काग्रेसका केन्द्रिय सदस्य एबं बिधार्थी बिभागका प्रमुख नबिन्द्रराज जोशीले गर्ने कार्यक्रम तय गरीएको छ । सो अधिबेशनमा नेबिसंघका केन्द्रिय अध्यक्ष रन्जित कर्णको पनि उपस्थिती रहने प्रचार प्रसार उपसमितीका संयोजक एबं जिल्ला प्रबक्ता दिपक दवाडीले जानकारी दिनुभयो । साथै आज बसेको बैठकले १३ बैशाखमा हुने जिल्ला अधिबेशनलाई सफल पार्न नेपाली काग्रेस, उसका सबै भातृ संगठन, क्षेत्रिय समितीहरु सबैलाई आग्रह गरेको छ ।
 
 

Local News

Political News

International News

Sports News