Winamp windows Media Player Real Player QuickTime

शहिद स्मृति क्याम्पसको पुस्तकालयमा तोडफोड

१२ वैशाख
एकिकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज शहिद स्मृती वहुमुखी क्याम्पसको पुस्तकालयमा तोडफोड गरेको छ । क्याम्पस प्रसासनसमक्ष राखेका विभिन्न १० वुदे माग सुनुवाई नभएको भन्दै क्रान्तीकारीका विद्यार्थीहरुले पुस्तकालयमा तोडफोड गरेका हुन् । तोडफोडबाट पुस्तकालयका ३ वटा झ्यालका सिसाहरु फुटेको क्याम्पसका निमित्त प्रमुख नुरनाथ सुवेदीले जानकारी दिनुभयो । क्रान्तकारीले पुस्तकालय निर्माणमा एक नम्वरी इट्टा प्रयोग गर्ने सहमती तोडी दुई नम्वरी इट्टा प्रयोग गरेको,शिक्षक नियुक्तिमा राजनितिकरण गरेको,निर्माण भएको एक वर्ष पनि पुग्न नपाउँदै चमेनागृहमा पानी चुहिन थालेपछि त्यसको विरोध लगायतका १० वटा माग  क्याम्पस प्रसासन समक्ष पेश गरेका थिए । यता निमित्त क्याम्पस प्रमुख सुवेदीले भने निर्माणमा ठेकेदारले लापरवाही गरेको हुन सक्ने भन्दै शिक्षक नियुक्तीमा भने कुनै राजनिति नभएको वताउनु भएको छ ।    


  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News