Winamp windows Media Player Real Player QuickTime

मंसिरको पहिलो हप्तामै निर्वाचन पौडेल

१५ वैशाख
नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले मङसिरको पहिलो साताभित्र संविधानसभाको निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ । पौडेलले निर्वाचनको मिति निर्वाचन हुनभन्दा एक सय दिनअघि तोकिने बताउनुभयो ।  आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारसग कुराकानी गर्दै पौडेलले नेपाली जनतालाई संविधानसभाबाट संविधान चाहिएकाले निर्वाचन हुने बलियो आधार त्यही नै हो भनी जवाफ दिनुभयो । एमाओवादी अध्यक्षको भारत भ्रमणबारे उपसभापति पौडेलले उहाँ कुनै सरकारी अथवा कुनै अख्तियारी प्राप्त व्यक्ति नभएकाले एक नेपाली सरह विदेश जानु नौलो कुरा भएन भन्नुभयो । उहाँले प्रचण्डको भारत भ्रमण नितान्त ब्यक्तिगत भएको वताउनुभयो ।
 

Local News

Political News

International News

Sports News