Winamp windows Media Player Real Player QuickTime

चितवन क्षेत्र नम्वर दुईको निर्णय

१५ वैशाख
नेकपा एमाले चितवन निर्बाचन क्षेत्रिय कमिटि क्षेत्र नम्बर २ ले आगमी निर्बाचनलाई मध्यनजर गर्दै सांगठनिक तथा बैचारिक सुदृणीकरण अभियान अन्र्तगत घर घरमा एमाले कार्यक्रम संचालन गर्ने भएको छ । क्षेत्रिय कमिटिको अधिबेशन पछि रत्ननगरमा बसेको बैठकले योग्यता पुगेका सबैलाई संगठित सदस्यता दिने ,आफ्नो क्षेत्रमा रहेका मतदाताको बिवरण संकलन गर्ने , सबै संगठित सदस्यको घरमा नवयुक पुर्याउने , २०६९ चैत्र मसान्त सम्मको सबै लेबि संकलन गर्ने समेत निर्णय गरेको छ ।यस्तै जेठ ३ गते मदनआश्रित स्मृति दिवसका अवसरमा दासढुड्डामा हुने श्रद्धाञ्जली सभा कार्याक्रमलाई भब्य बनाउने निर्णय समेत भएको क्षेत्रिय कमिटि सचिव गोपि नेपालले जानकारी दिनु भयो । बैठकले यस अघिको क्षेत्रिय कमिटिलाई धन्यबाद दिदै क्षेत्रिय कमिटि सफल पार्न सहयोग गर्ने सबैप्रति आभार समेत प्रकट गरेको छ ।     क्षेत्रिय कमिटि  अध्यक्ष कृष्ण डल्लाकोटीको अध्यक्षतामा वैठक वसेको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News