Winamp windows Media Player Real Player QuickTime

निशुल्क आँखा शिविर

१५ वैशाख
पुर्वी चितवनको मोहना उच्च माविमा निःशुल्क आखा शिविर सम्पन्न भएको छ । भरतपुर आखा अस्पतालको प्रविधिक सहयोगमा सामुदायिक स्वास्थ्य केन्द्र बछौलीले आयोजना गरेको सो शिविरमा ११५ जना विरामीको आखा परीक्षण गरिएको केन्द्रका व्यवस्थापक दीपेन्द्र खरेलले जानकारी दिनुभयो । परीक्षण गरिएका विरामी मध्य मोतियाविन्दु भएका २४ जनालाई निःशुल्क सल्यक्रियाको लागि भरतपुर आखा अस्पताल पठाईएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा क्रियाशिल सो संस्थाले जिल्लाका विभिन्न ठाउमा मुटु,उच्च रक्तचाप,दन्त, स्त्रीरोग लगायतका शिविर सञ्चालन गर्दै आईरहेको छ । विरामीहरुको समस्यालाई मध्यनजर गरि केन्द्रले हाल हरेक महिनाको १५ गते निःशुल्क आखा जाच क्लनिक सञ्चालन गरेको केन्द्रका व्यवस्थापक खरेलले जानकारी  दिनुभयो ।  
 

Local News

Political News

International News

Sports News