Winamp windows Media Player Real Player QuickTime

विचल्लीमा परेका चेपाङ विद्यार्थी केन्द्रको आश्रयमा

१५ वैशाख
चितवनको विकट पहाडी गाविस लोथर–४ केलुङका ५ जना चेपाङ विद्यार्थीहरुलाई गामवेसीको चेपाङ केन्द्रले आश्रय दिएको छ । पूर्व पश्चिम राजर्मागको लोथर बजारवाट ८ घण्टाको पैदल दुरीमा पुगिने केलुङ गाउमा नजिकै विद्यालय छैन । आर्थिक विपन्नताका वावजुद पनि त्यहाका अभिभावकहरुले ती ५ जना वालवालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्दै पूर्वी चितवनको खैरहनी उच्च मावि स्थित थोत्रीएको दुईवटा कोठालाई छात्रवासको रुपमा प्रयोग गर्दै आएको थिए । आर्थिक अभावका कारण विगत तीन महिना देखि खाने कुरा जुटाउन नसकेर अलपत्र परेका ती विद्यार्थीलाई संरक्षण केन्द्रले आश्रय दिएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । केन्द्रको आश्रयमा आएका ती विद्यार्थीलाई आवासीय सुविधा सहित पठनपाठन गराईने उहाँले जानकारी दिनुभयो । पाँच जना मध्य चेपाङ संघ लोथरका अध्यक्ष दिप बहादुर चोपाङका छोरा पनि रहेका छन । सामुहिक ज्यालादारी गरेर छोराछारी पढाउने योजनाका साथ पाच जनालाई खैरहनी ल्याईएको भएपनि ल्याला गरेको पैसाले विहान बेलुकाको छाक टार्न मात्र पुगेकाले छोराछारीको खर्च पु¥याउन नसकेको अध्यक्ष दिप बहादुर चोपाङले बताउनु भयो । केन्द्रमा हाल मकवानपुरको कागडा,चितवनको लोथर,कोराक काउले,सिद्धि र शक्तिखोरका ४० जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।    
 

  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News