Winamp windows Media Player Real Player QuickTime

जुसमा लेदो भेटियो

१६ बैशाख
पुर्वी चितवनको रत्ननगरमा एउटा रियल जुसमा लेदो भेटिएको छ । रत्ननगर ८ शुभप्रभात टोल वस्ने रेसम श्रेष्ठले स्थानिय शान्ता राउतको पसलबाट किनेको जुसमा लेदो भेटिएको हो । हिजो साँझ सो पसलबाट किनेर खान लाग्दा गनाएपछि हेर्दा लेदो मिसिएको पाईएको श्रेष्ठले वताउनु भयो । यस अघि पनि रत्ननगरका केही पसलमा लेदो मिसिएको जुस भेटिएको थियो । यसमा फ्याक्ट्रीको पहिलो कमजोरी भएपनि प्रभावकारी अनुगमन नहुँदा पटक पटक पिय पदार्थ लगायत अन्य दैनिक उपभोग्य वस्तुमा मिसावट हुने गरेको नागरीक सरोकार मञ्च रत्ननगरका सदस्य ज्ञानेन्द्रराज पाण्डेले वताउनु भयो । लेदो मिसिएको सो जुस लिएर आजै जिल्ला प्रसासन कार्यालयको ध्यानाकर्षण गराउन जाने पाण्डेले वताउनु भयो ।
 

Local News

Political News

International News

Sports News