Winamp windows Media Player Real Player QuickTime

विमा सम्वन्धि अभिमुखिकरण कार्यक्रम

१६ बैशाख
रत्ननगर उद्योग वाणिज्य संघको आयोजना प्रिमियर इन्स्योेरेन्स कम्पनि (नेपाल) लिमिटेडको सहयोगमा  आज बीमा सम्वन्धीे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । संघका सदस्य तथा उद्योगी व्यवसायीहरुलाई लक्षित गरी गरिएको कार्यक्रममा
उद्योगी व्यवसायीहरुलाई बीमा के का लागि, किन आवश्यक छ, कुन कुन विषयमा बीमा गर्ने, बीमा गर्दा हुने फाइदाहरु के के हुन, बीमा नियमावलीहरु बारे जानकारी दिईएको थियो । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपककुमार कर्माचार्यको अध्यक्षतामा तथा प्रिमियर इन्स्योेरेन्स कम्पनि (नेपाल) लिमिटेडका सल्लाहकार निरञ्जन भट्टराई प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो कार्यक्रममा उपस्थित सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई प्रिमियर इन्स्योरेन्सका सल्लाहकार निरञ्जन भट्टराई र
शाखा प्रवन्धक शंकर अधिकारीले  विमा सम्वन्धि अग्नीबीमा, मोटर तथा सवारी साधन बीमा, सामद्रिक बीमा, विविध बीमा, कृषि बीमा, चोरी विमा,व्यक्ति तथा सामुहिक दुर्घटना विमा र बीमा दावी गर्दा पेश गर्नुपर्ने कागजपत्रहरु बारे जानकारी दिनुभएको थियो । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपककुमार कर्माचार्यले  उद्योगी व्यवसायिहरुको लागि अपरिहार्य विमाको आवश्यकता माथि प्रकाश पार्नु भएको थियो ।


  • Program on air
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 01:00 PM-01:10 PM
  • Next Program
  • Program Name: Arpan Ko Chautari
  • Program Host: Dipendra / Rajan
  • Time duration: 01:10 PM-02:00 PM

Local News

Political News

International News

Sports News