Winamp windows Media Player Real Player QuickTime

थप २१ चेपाङ विद्यार्थीलाई विद्यालयमा भर्ना

बैशाख १७
रत्ननगरको जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रको आश्रयमा आएका थप २१ जना  चेपाङ विद्यार्थीहरुलाई आज विद्यालयमा भर्ना गरिएको छ । पुर्वी चितवनको पञ्चकन्या उच्च माविमा चितवनका विकट पहाडी गाविस वाट आएका चेपाङ विद्यार्थीहरुलाई निःशुल्क भर्ना गरी जनही १÷१ वटा कपी दिएको थियो । सो संरक्षण केन्द्रमा  मकवानपुर,लोथर,सिद्धि,कोराक र काउलेका २१ जना थप विद्यार्थी ल्याईएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । गत बर्ष सो बिद्यालयमा संरक्षण केन्द्रले २५ जना बिद्यार्थीहरुलाई भर्ना गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्राचार्य मेघनाथ दुवाडीले संरक्षण केन्द्रमा आएका चेपाङ विद्यार्थीहरु अरु विद्यार्थीहरु भन्दा अनुसासित रहेको बताउदै छात्राबासमै बिहान बेलुका पढाउने वातावरण र सो व्यबस्था गर्न सके विद्यार्थीले राम्रो सफलता हासिल गर्न सक्ने बताए । कार्यक्रममा विद्यायलय व्यबस्थापन समितिका अध्यक्ष श्याम प्रसाद बराल को अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका शिक्षक जगदिश चन्द्र शर्मा,संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा लगायत ले बालेका थिए ।   


Local News

Political News

International News

Sports News