Winamp windows Media Player Real Player QuickTime

व्रह्मनगर माविको स्वर्ण महोत्सव

बैशाख १७
विरेन्द्रनगर ७ स्थित व्रह्मनगर माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम र खेलकुद प्रतियोगिता गरी स्वर्ण महोत्सव मनाएको हो । स्वर्ण महोत्सवको आज समापन गरिएको छ । स्वर्ण महोत्सवको अवसरमा आज विद्यालयले स्वर्ण स्मारिका विमोचन तथा नवनिर्मित भवनको उद्घाटन समेत गरेको छ । विद्यालयलाई सहयोग गर्ने उत्कृष्ठ चन्दादाता वुद्धिसागर अर्यालको प्रमुख आतिथ्यता तथा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो । स्वर्ण महोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई समापन कार्यक्रममा पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद गजुरेलले जानकारी दिनुभयो । आगामी शैक्षिक शत्रबाट दश जोड दुई संचालन गर्ने तयारीमा रहेको सो विद्यालयमा हाल ६ सय भन्दा वढि विद्यार्थी अध्ययनरत छन् ।
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News