Winamp windows Media Player Real Player QuickTime

सुनचादि ब्यबसायी संघ चितवन आन्दोलित

बैशाख १७
सुनचादि व्यवसायी संघ चितवनले विभिन्न ९ सुत्रिय मागहरु राख्दै मंगलबार जिल्ला प्रशासन कार्यलय मार्फत मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मिलाई ज्ञापन पत्र वुझाएको छ । संघका अध्यक्ष विपेन्द्र रामु दामुले जिल्ला प्रशासन कार्यलय चितवनका उप सचिव विरेन्द्र नाथ शर्मालाई ज्ञापन पत्र वुझाएका हुन् । संघले सुनको प्रर्याप्त मात्रामा आपुर्ति गराउन राज्यले पहल गर्नु पर्ने, वजारमा भएको कालोवजारी नियन्त्रण गरीनु पर्ने, नापतौल विभागको कार्यलय चितवनमा राखिनु पर्ने, व्यावसाईका सुरक्षाको ग्यारेन्टि गरीनु पर्ने, सुन चादिलाई नगदको रुपमा लिईनु पर्ने मागहरु राख्दै ज्ञापन पत्र वुझाएको हो । ज्ञापन पत्र वुझाउदै आफुहरुको माग सुनुवाई नभए यहि वैसाख १९ गते वाट चितवनका सुनचादी पसलहरु अनिस्चितकालिन वन्द गर्ने समेत संघले बिज्ञप्ति मार्फत चेताबनी दिएको छ ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News