Winamp windows Media Player Real Player QuickTime

घुम्ती शिविरबाट १ सय ३ जनाले नागरीकता वनाए

वैशख १७
जिल्ला प्रसासन कार्यालयले चितवनको विकट गाविस कोराकको थाकलटारमा संचालन गरेको घुम्ती शिविरबाट एक सय ३ जनाले नागरिकता वनाएका छन् । जस मध्ये महिला ११५ र पुरुष ६ जना रहेका छन । मतदाता नामावली र फोटो संकलन दुई सय तिन जनाको गरिएको सहयाक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । शिविरमा महिला विकास कार्यालयवाट ६ जनालाई अपाङ परिचय पत्र वितरण गरिएको थियो । एक सय ८१ जनाले स्वस्थ परिक्षण गरेका थिए । जिल्ला पशुसेवा कार्यालयले एक हजार एक सय २४ वटा पशुको औषधी उपचार गरेको थियो । जिल्ला कृषी विकास कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पनि सेवा दिएका थिए । कोराक र लोथरका विपन्न चेपाङहरुले गाउमै सरकारी सेवा पाए पछि उनीहरु खुसी भएका छन् । यसैबीच १९ , २० र २१ गते खेैरहनीमा शिविर सञ्चालन गरिने भएको छ । यस्तै , दोश्रो चरण अन्तर्गत शक्तिखोर , दाहाखानी , शिवनगर , मेघौली र माडीको बघई र बसन्तपुरमा पनि घुम्तीशिविर सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी गेलाले वताउनु भयो ।
 

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News