Winamp windows Media Player Real Player QuickTime

चितवनमा सुनचाँदीको कारोबार अनिश्चितकालका लागी वन्द

१९ वैशाख
सुनको सहज आपुर्तिको माग गर्दै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले जिल्लाका सबै सुन पसल अनिश्चितकालका लागी बन्द गरेको छ । यस अघिनै सुनको सहज आपुर्ति नहुदा पसल सञ्चालनमा कठिनाई भएको भन्दै पटक पटक ध्यानआर्कर्षण गराउदा पनि कुनै सुनुवाई नभएको भन्दै पसल नै बन्द गर्नुपरेको संघका चितवन अध्यक्ष दिपेन्द्र रामुदामुले जानकारी दिनुभयो । सुनको सहज आपुर्तिका लागी पहल गर्न संघले केन्द्रमा रहेको सुचचाँदी व्यवसायी महासंघलाई २ दिने अल्टीमेटम समेत दिएको छ । सरकारबाट प्राप्त हुने सुनको कोटा कम हुनु, सुनको मुल्यमा भारी गिरावट आउनु र मागको परिमाणमा वृद्धि भएका कारण बजारमा सुनको अभाब देखिएको हो ।  हिजो विभिन्न ३३ जिल्लाका प्रतिनिधि र महासंघ बिच सहज आपुर्ति बारे आन्तरिक छलफल भएको र सहज आपुर्ति नभएपछि आज बाट चितवनमा रहेका झन्डै साढे २ सय सुन पसल बन्द गरिएको संघले जनाएको छ । पछिल्लो समयमा सुनको मुल्यमा भारि गिरावट आई रहेका वेला  चर्को मुल्यमा सुन खरिद गरि आपुर्ति गर्नु परेको व्यवसायीहरुले गुनासो गर्दै आइरहेका छन्  भने ब्यवसायीहरुलाई कालो वजारी गरेको आरोप लागि रहेको छ । विवाहको सिजनमा सुन पसल बन्द हुदा भने ग्राहक मर्कामा परेका छन् । यस्तै नवलपरासीमा पनि व्यवसायीले सुनचाँदी पसल बन्द गरेका छन् ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News