Winamp windows Media Player Real Player QuickTime

अवैधरुपमा हुलाक टिकट वेच्ने पक्राउ

बैशाख १९
धुर्वराज खनाल
जिल्ला प्रसासन कार्यालय चितवनले पुर्वी चितवनको खैरहनीमा संचालन गरेको घुम्ती शिविरमा अवैधरुपमा हुलाक टिकट विक्री गर्ने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । खैरहनी ६ घर भएका ५० वर्षिय रामशरण घिमिरेलाई १० रुपैया पर्ने टिकटलाई २० रुपैयामा विक्री गरी रहेको अवस्थानमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । घिमिरेलाई आवश्यक कारवाहीका लागी पक्राउ गरी हिरासतमा राखिएको पण्डितले वताउनु भयो । घुम्ती शिविरमा जिल्ला प्रसासन कार्यालयले हुलाक टिकटलाई १० रुपैयामा वेच्न आफ्नै कर्मचारी खटाएको भएपनि घिमिरेले २० रुपैयामा टिकट वेचेका हुन् ।सेवाग्राहीले कालोवजारी गरी टिकट विक्री गरेको जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घिमिरेले करिव एक सय वटा टिकट वेचेको प्रहरी निरीक्षक पण्डितले वताउनु भयो । यस अघि चितवनको विकट पहाडी गाविस कोराकमा संचालन गरीसकेको घुम्ती शिविर आजदेखि खैरहनीमा सुरु भएको हो । पुर्वी चितवनका विभिन्न सात गाविसलाई लक्षित गरी संचालन गरिएको शिविर पर्सी सम्म चल्नेछ । शिविरमा नागरीकता वितरण,फोटोसहितको मतादाता नामावली संकलन,पशु स्वास्थ्य सेवा,अपांगता भएकाहरुलाई परिचयपत्र वितरण,खानेपानी सम्वन्धी सचेतना प्रदान गरिएका छन् । स्थानिय वासिन्दालाई घरदैलोमै सरकारी सेवा प्रदान गर्न संचालन गरिएको घुम्ती शिविर खैरहनी पछि शक्तिखोरमा संचालन गरिने निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News