Winamp windows Media Player Real Player QuickTime

ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु

१९ वैशाख
नवलपरासीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा एक दर्जनभन्दा बढि घाइते भएका छन् । भारतको ठुठीबारीवाट अन्तिम संस्कारका लागि लाश लिएर त्रिवेशणीधाम आउदै गरेको लु १ त ११५९ नम्बरको ट्याक्टर आज त्रिवेणीको सुस्ता–६ फर्साटाँडीमा दुर्घटना हुदा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा परी भारत उत्तर प्रदेश महराजगञ्ज ठुठीबारीका ५० वर्षिय निसार महमद, ३५ वर्षिय सुर्यनाथ सोनार, ५० वर्षिय देवान मुसलमान र ५० वर्षिय रामपत चौहान रहेका छन् ।चौहानको उपचारका क्रममा शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा ज्यान गएको हो । घाइतेहरुको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता उपचार भइरहेको प्रहरीले जनाएको छ । त्रिवेणीवाट आउदै गरेको यात्रुवाहक बसलाई साइड दिने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 

Local News

Political News

International News

Sports News