Winamp windows Media Player Real Player QuickTime

टिकौलीमा सार्वजनिक शौचालय निर्माण हुने

२१ बैशाख
पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको बरण्डाभार जंगलको पर्यावरण संरक्षणका लागी टिकौलीमा सार्वजनिक शौचालय निर्माण गरिने भएको छ । रोयरी क्लव अफ रत्ननगरको सक्रिएता र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा शौचालय निर्माण गर्न लागिएको हो । निर्माण गर्न लागिएको शौचालयको आज रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल र भुटान च्याप्टरका निवर्तमान असिष्टेन्स भोजराज कौडेल,रोटरी क्लव अफ रत्ननगरका प्रेसिडेन्ट डा.विजयराज पौडेल र रोटरी क्लव अफ रत्ननगर सवैभन्दा वृद्ध सदस्य डेनमार्कका नागरीक जोर्गन उल्सनले सयुक्त रुपमा शिलान्यास गरेका हुन् । करिव ३५ लाखको लागतमाका शौचालय निर्माण गर्न लागिएको  ,रोटरी क्लव अफ रत्ननगरका प्रेसिडेन्ट डा.विजयराज पौडेलले जानकारी दिनुभयो । बरण्डाभार जंगल क्षेत्रमा धेरै मानव विकासहरु विसर्जन हुने गरेका कारण वातावरण संरक्षणका लागी जंगल छेउछाउमै सरकारी जग्गा पनि रहेकाले शौचालय निर्माण गर्न लागिएको पौडेलले वताउनु भयो । कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम सापकोटा,रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपककुमार कर्मचार्य,पुर्व नगर प्रमुख नारायण वन,विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष भक्तमान श्रेष्ठ,एकिकृत नेकपा माओवादीका नगर इन्चार्ज कृष्णप्रसाद सापकोटा,नेपाली काग्रेशका नगर अध्यक्ष रुपनराज घिमिरे,नेकपा मालेका नगर सचिव रामहरी लम्साल,राष्ट्रिय जनमोर्चा नेपालका इन्द्र पौडेल,राप्रपा नेपालका नगर अध्यक्ष गोकर्ण अधिकारी,पञ्चकन्या सामुदायिक वनका अध्यक्ष रामबाबु घिमिरे,टिकौली सामुदायिक वनका अध्यक्ष वुद्धि विक लगायतले वोल्दै शौचालय निर्माण पछि बरण्डाभार क्षेत्र सफा र स्वच्छ रहने वताएका थिए ।
 

Local News

Political News

International News

Sports News