Winamp windows Media Player Real Player QuickTime

समतामुलक समाज निर्माणका लागी शिक्षा हतियार – मुख्यसचिव पौडेल

२१ बैशाख
नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले समतामुलक समाज निर्माणको  हतियार शिक्षा भएको वताउनु भएको छ । शिक्षामा पनि कम्प्युटर शिक्षा समाजका हरेक क्षेत्रमा पुर्याउनु पर्ने उहाँको भनाई थियो । शिक्षाको सहि सदुपयोग र पहुचमा राम्रो व्यवस्थापन गर्न नसके शिक्षाले नै विभेद सृजना गर्ने पौडेलले वताउनु भयो । पुर्वी चितवनको रत्ननगर स्थित नेपाल उच्च माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला तथा इ.पुस्तकालयको उद्घाटन गर्दै मुख्य सचिव पौडेलले समतामुलक समाज निर्माण संगै भावी पिँढीलाई अन्धकारबाट वचाउन कम्प्युटर शिक्षाको आवश्यकता औल्याउनु भयो । पौडेलले विगतमा अंग्रेजी जानेका र नजानेका दुई वर्गको विद्यार्थी उत्पादन भएकोमा  अब सुचना प्रविधि जानेका र नजानेका दुई वर्गको विद्यार्थी हुने अवस्था आएको बताउनुभयो । कम्युटर शिक्षा नभएको विद्यार्थी अगाडी बढ्न निकै कठिन हुने भन्दै पैडेलले शहरी क्षेत्रका विद्यार्थीको कम्युटरमा सहज पहुच भएपनि ग्रामिण क्षेत्रका विद्यार्थीको पहुच नहुने भएकाले त्यस क्षेत्रमा ध्यान दिन शिक्षा मन्त्रालयका अधिकारीलाई निर्देशन समेत दिनुभयो ।  खरदारदेखिनै नै कम्प्युटर चलाउनु पर्ने निति भईसकेकाले कम्प्युटर शिक्षा दिनु पर्छ उहाँले भन्नुभयो– यस्तो शिक्षा नलिनेहरु लोकसेवाबाट पनि वञ्चित वन्नुपर्छ ,त्यसैले कम्प्युटर शिक्षा आवश्यक छ । सो अवसरमा मुख्य सचिव पौडेलले सवैलाई एउटै शिक्षा दिन र गुणस्तरीय शिक्षा दिन शिक्षकहरुलाई निर्देशन समेत दिनु भयो । विभिन्न संगठनमा लागेर नेता वनेका शिक्षकहरुबाट गुणस्तरीय शिक्षा प्रदान हुन नसकेको अध्ययनले देखाईसकेको भन्दै उहाँले विद्यार्थीहरुलाई खोक्रो आडम्वर नसिकाउन आग्रह गर्नु भयो । नेपाल उच्च माविमा सुरुवात गरेको कम्प्युटर प्रयोगशाला तथा इ.पुस्तकालय रिसर्च सेन्टरको रुपमा रहने भन्दै मुख्य सचिव पौडेलले असफलता भए विद्यालयले चर्को मुल्य चुकाउनु पर्ने चेतावनी पनि दिनु भयो । कार्यक्रममा शिक्षा सचिव सोमलाल सुवेदीले शिक्षामा लागत अनुसारको प्रतिफल आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । शिक्षाको महत्व    सवैले वुझ्दै गएको भन्दै उहाँले नेपालीले शिक्षामा गरेको लगानीलाई विश्वव्यापी वनाउन र गुणस्तर शिक्षा उपलव्ध गराउन तर्फ सोच्ने वेला आएको वतउानु भयो । कार्यक्रममा गैर आवसीय नेपाली संघका अध्यक्ष जिवा लामिछानेले बिभिन्न कारणले विदेशमा पुगेका नेपालीहरु आफू स्थापित हुने क्रममै भएपनि आफूले अध्ययन गरेको विद्यालयमा सहयोग गर्न ईच्छुक रहेकाले त्यस्था विद्यार्थीको सहयोग लिन सक्नु पर्नेमा जोड दिनुभयो ।    त्यस्तै जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले शिक्षण सिकाई प्रभावकारी नभए विद्यार्थी र अभिभावकमा अन्याय ठहरिने भन्दै उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नु भयो । शिक्षकको पनि वरियता क्रम छुट्याउने र त्यसै आधारमा शिक्षकको सम्मान गर्ने र काम गर्न नसक्नेले भने ठाँउ छाड्नु पर्ने उहाँको तर्क थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डाक्टर शिवराज गौतम,लाईवे्रंरी फाउन्डेसनका शरदबाबु श्रेष्ठ,विद्यालयका प्राचार्य गोपाल शर्मा आचार्य लगायतले वोल्नु भएको थियो ।
 

Local News

Political News

International News

Sports News