Winamp windows Media Player Real Player QuickTime

विद्युत चोर्ने १८ जना पक्राउ

२१ बैशाख
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखाले विद्युत चोरीमा सलग्न १८ जनालाई शनिवार पुर्वी चितवनका विभिन्न स्थानबाट पक्राउ गरी कारवाही गरेको छ। प्राधिकरणका सहायक प्रसासकिय अधिकृत ऋषिकेश शर्माको नेतृत्वमा गएको टोलीले पिठुवा गाविस,दाहाखानी,जुटपानी,पदमपुर र रत्ननगरबाट उनीहरु पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४ महिला र १४ जना पुरुष रहेका छन् । वितरण केन्द्रको चुहावटन नियन्त्रण टोलीले पिठुवाबाट ८ जना,पदमपुरबाट ५,दाहाखानीबाट ३,जुटपानी र रत्ननगरबाट १÷१ जनालाई पक्राउ गरीएको प्राधिकरण फोर मेन विष्णु नेपालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई प्राधिकरण नियमानुसार जरिवाना तिराई छाडिएको उहाँले वताउनु भयो । साथै टोलीले २ थान पानी तान्ने मोटर र १ थान टिभी पनि बरामद गरेको छ । विहान पाँच वजे गएको चुहावट नियन्त्रण टोलीमा १५ जना प्रहरी र २५ जना प्राधिकरणका कर्मचारी सहभागी थिए । प्राधिकरणले समयमा महसुल नवुझाउने ग्राहकको लाईन समेत काट्ने कार्यलाई जारी राखेको जनाएको छ । 

  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News