Winamp windows Media Player Real Player QuickTime

मोटर साईकल दुर्घटना हुदा पत्रकार सहित दुईजना घाईते

२२ वैशाख
भरतपुर नगरपालिका बडा नम्बर १० चितवन मेडिकल कलेज अगाडी राजमार्गमा गएराति भएको मोटरसाईकल दुर्घटनामा एक पत्रकारसहित परी दुईजना घाईते भएका छन् । घाईते मध्ये एक जनाको अबस्था गम्भिर रहेको छ । लायन्सचोक बाट भरतपुर चौबिसकोठी तर्फ आउदै गरेको ना २४ प ७५८० नम्बरको मोटरसाईकल चितवन मेडिकल कलेज अगाडी पैदल यात्रिलाई जोगाउने क्रममा दुर्घटना हुदा अन्नुर्ण पोष्ट राष्ट्रिय दैकिका चितवन संबाददाता चिन्तामणि पौडेल र जिल्ला बिकास समिति चितवनका सामाजिक बिकास अधिकृत कृष्णजयन्ति पौडेल घाईते भएका हुन् । घाइृते दुबैको चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइृरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।घाईते मध्ये कृष्ण जयन्ति पौडेलको अबस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।
 

Local News

Political News

International News

Sports News