Winamp windows Media Player Real Player QuickTime

वसको ठक्करबाट दुई जनाको मृत्यु

वैशाख २४
धुर्वराज खनाल
पुर्वी चितवनको विरेन्द्रनगरमा गयराती वसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भण्डारा २ का ४७ वर्षिय पुर्ण विक र भण्डारा ७ का ५० वर्षिय सुकराम चौधरी रहेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी नायव निरीक्षक लालकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले जनाएको छ। पुर्व पश्चिम राजमार्ग अन्र्तगत विरेन्द्रनगरको खुरखुरेमा नेपालगंज जान आउँदै गरेको ना ३ ख ७९६१ नम्वरको वसले विपरित दिसातर्फ जाँदै गरेको ना ११ प ४५२३ नम्वरको मोटरसाईकललाई राती १० वजेतिर ठक्कर दिएको थियो । वसको ठक्करबाट घाईते भएका दुवै जनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने वस र चालक प्रहरीको नियन्त्रणमा छ ।
 

Local News

Political News

International News

Sports News