Winamp windows Media Player Real Player QuickTime

मानविकी तथा सामाज शास्त्र संकायमा विद्यार्थी आकर्षण बढाउन पाठ्यक्रमको पुर्ननिर्माण गर्नुपर्

२५ बैशाख
त्रिभूवन विश्व विद्यालयका डिन,प्रधायापक र रजिष्टारहरुले मानविकी तथा सामाज शास्त्र संकायमा विद्यार्थी आकर्षण बढाउन पाठ्यक्रमको पुर्ननिर्माण गर्नुपर्ने निष्कर्ष निकालेका छन । मानविकी तथा सामाज शास्त्र संकायमा विद्यार्थी संख्या घट्दै गएपछि यसमा देखिएका समस्या र समाधानको उपाए खोज्न सोमवार देखि सौराहामा सुरु भएको तीन दिने कार्यशाला गोष्ठी बुधबार सकिएको हो । दोस्रो उच्च शिक्षा परियोजनाको सहयोगमा त्रिभूवन विश्व विद्यालय मानविकी संकायले आयोजना गरेको गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका बिभिन्न विभागिय प्रमुख ,संकाय प्रमुख तथा क्याम्पस प्रमुखहरुको सहभागिता रहेको थियो । स्तातक तहको तीन बर्षे कार्यक्रमलाई चार बर्षे बनाउने र पाठ्यक्रम पुर्न निर्माण गर्दा अन्य संकायका आकर्षक बिषयबस्तु पनि समाबेश गर्नु पर्ने गोष्ठीमा सहभागीहरुको ठहर छ । गोष्ठीमा विभागिय प्रमुखहरुको तर्फबाट प्राध्यापक डाक्टर अमरराज जोशी, अनुसन्धानका तर्फबाट प्राध्यापक डाक्टर कृष्ण चन्द्र शर्मा र क्याम्पस प्रमुखहरुको तर्फबाट डाक्टर घनश्याम न्यौपाने परिश्रमिले कार्यपत्र प्रस्तुत गरेका थिए । छलफलमा सहभागिहरुले त्रिभुवन
विश्वविद्यालयको केन्द्रिकृत कार्यक्रमलाई विकेन्द्रिकृत गर्नु पर्ने,परिक्षा प्रणालीमा सुधार गर्ने पर्ने ,परिक्षा क्षेत्रिय स्तरमा गर्नु पर्नेमा समेत जोड दिएका थिए । त्रिभुवन विश्वविद्यालयका सहायक डिन निलमकुमार शर्माले मानविकी र सामाजिकशास्त्र सङ्कायबाट दक्ष जनशक्ति उत्पादन हुन नसकेकाले समयसापेक्ष पढाइका कार्यक्रम आवश्यक भएको बताए । कार्यक्रममा शिक्षा शास्त्र संकायका डिन प्रा.डा.प्रकासमान श्रेष्ठ, व्यवस्थापन संकायका डिन प्रा.डा. देवराज अधिकारी, रजिष्टार प्रा.डा.चन्द्रमणि पौडेल, दोस्रो उच्चशिक्षा परियोजनाका संयोजक शंकर भण्डारी,शिक्षाध्यक्ष गुणनिधि न्यौपाने, आर्थिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक डा.रामचन्द्र ढकाल, नेपाल एसियाली अनुसन्धान केन्द्रका निर्देशक नानीराम खत्री, शिक्षा विकास तथा अनुसन्धान केन्द्र का निर्देशक प्रा.डा. कृष्ण चन्द्र शर्मा लगायतले पाठ्यक्रम परिर्माजन गरेर भए पनि मानबिकिय संकायलाई बचाई राख्नुपर्ने सुझाब दिएका थिए । 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News