Winamp windows Media Player Real Player QuickTime

काशिरुपा राष्ट्रिय निमाविले मनायो वार्षिकोत्सव

२५ बैशाख
पूर्वी चितवनको भण्डारा–८ मा रहेको काशिरुपा राष्ट्रिय निमाविले आज आफनो ४६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवकै अवसर पारेर विद्यालयले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्ने सहयोगी र विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ । भण्डारा श्रोत केन्द्र अन्र्तगतका विद्यालय निरीक्षक तारापति खरेल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्वेश्वर प्रसाद लामाले वार्षिक प्रगति प्रतिवेदना तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने स्थानीय हमेमनाथ दाहाल,राजु आचार्य,लिलानाथ पाण्डे,दावा दोर्जे लामा,गोमादेवी सेढाई,धर्मराज डल्लाकोटी,रामेश्वर हुमागाई लगायत शिखर हरियाली सामुदायिक वन,शिवपरी युवा क्लव र उत्कृष्ट शिक्षक डम्वर बहादुर थिङ,तारानाथ पाठकलाई कदरपत्रले सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रममा कक्षाा शिशु देखि ८ सम्म शैक्षिक सत्र २०६९ सालको परीक्षामा प्रथम,द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै विद्यालयका अभिभावकहरुले शिक्षक शिक्षिका तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई अभिनन्दन समेत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शमसेर लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।   
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News