Winamp windows Media Player Real Player QuickTime

बाघको आक्रमणबाट २ जनाको ज्यान गयो ÷एक घाइते

२६ वैशाख
धु्रवराज खनाल
पश्चिम चितवनको गितानगर ४ देवनगरमा बाघको आक्रमणबाट आज करिव ७ घण्टाको फरकमा २ जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् । बाघको आक्रमणबाट गीतानगर ४ देवगनरका करिव ७५ वर्षिय हनुमन्ते सार्की र गीतानगर १ उजेलीनगरका करिव ४० वर्षिय लालवहादुर आले मगरको ज्यान गएको स्थानियवासी शिव अधिकारीले जानकारी दिनुभयो । विहान करिव साँढे ४ वजेको समयमा बाघले घरभित्र बाटै थुतेर लगेको हनुमन्तेको शव घर नजीकको दक्षिणकाली सामुदायिक वनमा फेला परेको थियो । हनुमन्तेलाई आक्रमण गरेको बाघ हेर्न गएका देवनगरका आलेमगरलाई भने विहान ११ वजेको समयमा आक्रमण गरी मारेको दक्षिणकाली सामुदायिक वनका सदस्य समेत रहेका शिव अधिकारीले जानकारी दिनुभयो । सामुदायिक जङगलमा हनुमन्तेलाई खोज्न जाने क्रममा सोही ठाउका ३० वर्षिय विकास न्यौपाने बाघको आक्रमणबाट गम्भीर घाईते भएका छन् । गम्भीर घाईते भएका न्यौपानेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । सोही सामुदायिक वनको अजम्वरी घारीमा रहेको बाघलाई नियन्त्रणमा लिने प्रयास जारी रहे पनि अझै सफल हुन सकेको छैन । बाघ नियन्त्रणका लागी नेपाली सेना,नेपाल प्रहरी,स्थानियवासी खटिएका छन् । विहानै यस्तो घटना घटेपछि सो क्षेत्रका स्थानिय वासी भने आतकिंत भएका छन् । प्रसासनबाट सो बाघ मार्न अझै आदेश नआएको भन्दै उनीहरु आक्रोसित समेत भएका छन् ।
 

Local News

Political News

International News

Sports News