Winamp windows Media Player Real Player QuickTime

लोकमानको नियुक्ती बिरुद्ध सिठी जुलुस

२७ वैशाख
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवादास्पद
छविका पुर्व प्रशाशक लोकमान सिंह कार्कीलाई नियुक्त गरेको बिरोधमा
नेविसंघ चितवनले आज सिठी जुलुस प्रर्दशन गरेको छ । जनआन्दोलनका दोषी
तथा भ्रष्ट छविका कार्कीलाई गरिएको नियुक्ती तत्काल खारेज गर्न  माग गर्दे आज
दिउसो वीरेन्द्र क्याम्पसदेखि पुलचोक सम्म सिठी जुलुस प्रर्दशन गरिएको हो ।
वीरेन्द्र क्याम्पस परिसरबाट शुरु भएको जुलुस पुलचोकमा पुगेर कोणसभामा
परिणत भएको थियो । कोणसभालाई संबोधन गर्दे नेविसंघ चितवनका अध्यक्ष
अरुणेश्वर खनालले कार्काीको नियुक्ती खारेज नभएसम्म आन्दोलन जारी रहने
बताउनुभयो । उहा“ले शक्तिकेन्द्रहरुको दवावमा राजनैतिकदलहरुले कार्काीलाई
नियुक्त गरेर जनभावनाको अपमान गरेको बताउनुभयो । कार्यक्रममा नेविसंघका
जिल्ला सदस्य विनोद पाण्डेले आन्दोलनकैं बलबाट कार्काीको नियुक्ती खारेज
गराईछाड्ने बताउनुभयो ।नेविसंघ ले बिद्यार्थीहरुको संयुक्त कार्यक्रम अन्र्तगत भोलि बेलुका नारायणगढमा मसाल जुलुसको आयोजना गरेको छ भने संयुक्त बिद्यार्थी संघर्ष समितिले बैंशाख २९ र ३० गते आयोजना गरेको नेपाल बन्दलाई भव्यरुपमा सफल पार्न आव्हान समेत गरेको छ ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News