Winamp windows Media Player Real Player QuickTime

फोहोरले समस्या निम्त्याउन सक्छ

२७ वैशाख
फोहर ब्यवस्थापनका बिषयमा समयमै कार्ययोजना बनाएर काम गर्न नसके भबिश्यमा जटिल समस्या बन्न सक्ने आज रत्ननगरमा आयोजित एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । प्रज्ञा सिड्स नेपाल र रत्ननगर नगरपालिकाले गरेको फोहर शुन्य अभियान सम्बन्धी अन्र्तकृया कार्यक्रममा सहभागि रत्ननगर नगरपालिका र बछौली गाबिसका सरोकारवालाले सबै फोहर एक ठाउमा थुपार्ने बिधि दिर्घकालिन ढंगले उचित नभएको भन्दै फोहरको उत्पादनलाईनै न्युनिकरण गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागि स्थानिय निकायका प्रमुख, स्थानिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिले फोहर न्युनिकरणका लागि हातेमाले गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा प्रणय श्रेष्ठले फोहर शुन्य अभियानको अवधारणा र हरिष भुषालले अवधारणा अनुसार सौराहामा भैरहेको कामका बिषयमा सहजिकरण गर्नु भएको थियो । बिश्वका बिकशित देश र शहरमा पुर्न प्रयोग हुन सक्ने बस्तुको पुर्न प्रयोग , कुहिने सड्ने कुराबाट कम्पोष्टमल तथा थोरै मात्र काम नलाग्ने र नसड्ने बस्तु ल्याणफिल साईडमा राखिने  गरेको उदाहरण दिदै उहाले यस बिषयमा नेपालका प्रमुख शहर र शहर उन्मुख बजारले अनुकरण गर्न सक्नु पर्नेमा जोड दिनु भयो । उहाहरुले बढ्दो फोहरले वातावरण , अर्थ , स्वास्थ्य,राजनिति लगायतका क्षेत्रमा समेत नकारात्मक असर पर्ने भएकाले समयमा ब्यवस्थापन गर्नु पर्नेमा जोड दिनु भयो ।  कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले फोहर ब्यवस्थापनका लागि रत्ननगर नगरपालिकाले गरेको प्रयास र यसमा भएका चुृनौतिका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।जनचेतनाको अभावमा सबै फोहर एकै ठाउमा राखिने परम्पराले ब्यवस्थापनमा कठिनाई हुने गरेको भन्दै उहा“ले सड्ने र नसड्ने फोहर मात्र छुट्याएर राख्न सकिए आधा फोहर कम गर्न सकिने उहा“ले बताउनुभयो ।कार्यक्रममा नेपाली कांग्रेश रत्ननगरका सभापति रुपनराज घिमिरे , राप्रपा नेपालका गोकर्ण अधिकारी ,बछौली गाबिसका सचिव तेजेन्द्रनाथ लामिछाने ,रत्ननगर अस्पतालका भोजराज खनाल लगायतले बोल्दै सकारात्मक सोचको बिकाश गर्न सके फोहरलाई उत्पादन मुलक काममा लगाउन सकिने बताउनु भयो । यसले सरसफाई संगै रोजगारीको सृजना पनि गर्नेमा उहा“हरुको जोड थियो ।  कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक नगर प्रमुख नारायण बन , बछौली गाबिसका पुर्ब अध्यक्ष फुलचन कुमार महतो ,रत्ननगर नगरपालिकाका सामाजिक शाखा प्रमुख तोरणराज पौडेल , बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा सहभागिले रत्ननगर र बछौली गाबिसमा फोहर शुन्य अभियान संचालनका लागि प्रस्तावना तयार गरि युरोपेली युनियनमा पठाउने निर्णय पनि गरेका छन् ।


Local News

Political News

International News

Sports News